नेपाल भ्रमण गर्दा सचेत रहन निर्देशन !

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौं, १४ जेष्ठ । काठमाडौंमा आइतबार भएको बम विष्फोटबाट चार जनाको मृत्यु भएपछि अष्ट्रेलियाले नेपाल आउने आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेको छ । डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेडका तर्फबाट जारी गरिएको एडभाइजरीमा आफ्ना नागरिकलाई नेपालमा उच्च सतर्कता अपनाउन भनिएको छ ।
सन् २००६ अगाडि तत्कालीन माओवादी गुरिल्लाकै शैलीमा पुनः विष्फोटहरु भएको उल्लेख गर्दै योजना बनाइएका भ्रमण स्थगित गर्न नपर्ने भन्दै विशेष सतर्क रहन सुझाव दिइएको छ । काठमाडौंमा भएको विस्फोटमा प्रेसर कुकर बम भएको नेपाली अधिकारीहरुले जनाएको उल्लेख गर्दै ध्यान दिन आग्रह गरिएको छ । अष्ट्रेलियाले चार तहका एडभाइजरी जारी गर्ने गरेको छ । जसअन्तर्गत पहिलो तहमा सामान्य सुरक्षा सतर्कता अपनाउन, दोस्रो तहमा अत्यधिक सतर्कता अपनाउन, तेस्रो तहमा भ्रमणमा पुनर्विचार गर्न र चौथो तहमा भ्रमण नगर्न सचेत गराइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु