मिडिया काउन्सिल विधेयक परिमार्जन गर्न सुझाव

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौं, १४ जेठ । नेपाल पत्रकार महासंघले गरेको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले मिडिया काउन्सिल विधेयक संशोधन गरेरमात्र पारित गर्नुपर्ने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभा सचिवालयमा दर्ता भएको जानकारी गराउँदै यसबारे पत्रकार महासंघलगायत सरोकारवालापक्षसँग छलफल गरेरमात्र अघि बढाइने बताए । उनले राष्ट्रियसभाले लोकतन्त्रको मूल्य, मान्यताविपरीत कुनैपनि कानुन स्वीकार नगर्ने स्पस्ट पारे । प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरी कानुन आउँछ भने त्यसको जवाफदेही सरकार हुनुपर्ने सांसद शर्माको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सो विधेयक लोकतन्त्रको मर्मअनुकूल नभएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरे । राजपाले विधेयक संशोधनका लागि पहल गर्ने उनको भनाइ छ ।
यस्तै, नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले सन्चारमाध्यमलाई नियन्त्रण र संकुचन गर्न खोज्नुको कारण के हो ? भनी प्रश्न गरिन् । पत्रकार महासंघका प्रतिनिधिहरुले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]