विष्फोेटका घाइतेलाई अस्पतालबाटै गिरफ्तार
काठमाडौं, १४ जेठ । राजधानीमा भएको आइतबारको बम विष्फोट घटनाबाट घाइतेलाई उपचाररत रहेको अवस्थामा अस्पतालबाट प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई विप्लव नेतृत्वको ने.क.पा.सँग आवद्ध रहेको अनुसन्धानका लागि भन्दै प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको हो ।
घटटेकुलोमा भएको विष्फोटका घाइते रबिन केसी र चन्द्रगिरी विष्फोटका घाइते बुद्ध लामालाई उपचार गराइरहेको अवस्थाबाट नियन्त्रणमा लिइएको हो । लामालाई बीर अस्पताल र केसीलाई ट्रमा सेन्टर न्यूरोडबाट गिरफ्तार गरिएको जनाइएको छ ।
घाइते केसीलाई गम्भीर चोट लागेको छ भने लामा हातमा गम्भीर तरिकाले चोट लागेको अवस्थामा उपचाररत थिए । सुकेधारा विष्फोटका घाइते सुरेन्द्र महर्जन भने चावहिलस्थित ओम हस्पिटलमा उपचार गराइरहेको बताइएको छ ।