आज गणतन्त्र दिवस

२०७६ जेष्ठ १५ गते, बुधबार

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस , २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।
२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिनु भएको थियो ।
यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन भने फेरि २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्‍यो । दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ । संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।
गणतन्त्र स्थापनापछि पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन । कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा पुरानै सोच र ढर्रा देखिन थालेपछि वास्तविक परिवर्तनको चाह राख्ने जनतामा निराशा समेत छाउन थालेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु