प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचार झुठो : प्रजिअ राना

२०७६ जेष्ठ २० गते, सोमबार

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सोलुखुम्बुमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचार झुठो रहेको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन् ।
सोलुखुम्बुका महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको भन्ने समाचार बाहिर आएकोप्रति उहाँले आश्चर्य र आपत्ति जनाउदै यो झुठ भएको बताए । प्रजिअ रानाले बिभिन्न मिडियामा आएकाे विप्लवका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्नेबारे समाचार झुठो र गलत भएको बताए । उनले भने, प्रहरी चौकिमा आक्रमणको प्रयास भएको छैन, यो गलत र झुठो समाचार मिडियामा आईरहेका छन् । कोहि पनि भ्रममा नपर्नुहोला । यस्तो झुठो समाचार अहिले भाईरल भएके भन्दै प्रजिअ रानाले थपे, चौकी आ्रकमणको प्रयास भको भनेर गाउँमा कस्ले हल्ला गरिदियो । त्यहि हल्लाको भरमा मिडियाले समाचार बनाईदिए । उनले सेना परिचालन पनि नभएको बताए । प्रजिअ रानाले नेकपा कार्यकर्ताको गतिविधिभने बढेको बताए । उनले भने, ‘आक्रमण भएको हुँदै होइन । उनीहरुको गतिविधि भने बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको मात्र हो । नितान्त निगरानीका लागि सुरक्षा पठाइएको हो ।’ उनले अहिले प्रहरीले सुरक्षा सतर्कता बढाएपनि सेना परिचालन पनि नगरिएको बताए ।
बिभिन्न सन्चारमाध्यमहरुले भने विप्लव नेकपाका कार्यकर्ताले चौकि कब्जा गर्ने उदेश्यले आक्रमणको प्रयास गरेको र सेना समेत परिचालन गरिएको भनेर समाचार प्रकाशन प्रशारण गरेका थिए

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु