युवा भेलामा प्रहरी हस्तक्षेप

२०७६ जेष्ठ २५ गते, शनिबार

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी समर्थित युवाहरु र प्रहरीका बीच आज सिन्धुलीको दुधौलि नगरपालिकाको अरुदमारमा झडप भएको छ । सिन्धुलीको दक्षिणपुर्व र उदयपुरको कटारी बजार नजिकै अरुदमारमा युवा संघ नेपालको दोस्रो भेला चलिरहेका बेला प्रहरीले हस्तक्षेप् गरेपछि युवाहरु र प्रहरीका बीच झडप भएको हो । प्राप्त समाचार अनुसार उक्त जिल्ला भेलामा २ सय ६० जना भन्दा बढी युवा र नेकपाका केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थितिमा कार्यक्रम शुरु हुन लाग्दा प्रहरी सो कार्यक्रम स्थलमा पुगेपछि होहल्ला हुँदै युवाहरुले प्रहरीको घेरा तोड्न सफल भएका थिए । प्रहरीले गाउँ घेरा हाली सर्च अभियान चलाई स्थानीय सर्वसाधारणलाई भयवित बनाइरहेको नेकपाका सिन्धुली जिल्ला सेक्रेटरी दिनेश शारुले बताएका छन् । सिन्धुलीको दक्षिणपुर्व र उदयपुरको कटारी बजार नजिकै कार्यक्रमस्थल पर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु