संविधान संशोधन नभए सडक संघर्ष

२०७६ जेष्ठ ३० गते, बिहीबार

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभए सडक संघर्षमा उत्रने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए सडक संघर्ष गर्ने चेतावनी दिए । उनले सरकारसँग विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी समेत दिए । उनले सरकार र संबैधानिक निकायले संसदको मर्यादा र गरिमाको उपहास गर्ने काम गरेको आरोप समेत लगाए । संसदको गरिमा कायम नहुने र सांसदको आवाजको सुनुवाई नहुने हो भने संसदमा उभिएर बोल्नुको अर्थ नरहेको भन्दै उनँले संसद र संसदिय समितिका निर्देशन पालना गरेर संसदको मर्यादा र गरिमा कायम राख्न आग्रह गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु