त्रिवि सेवा आयोगमा तालाबन्दी

२०७६ असार २ गते, सोमबार

काठमाडौं, २ असार । नेकपा (क्रान्तिकारी–माओवादी) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । अखिल (क्रान्तिकारी) ले परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेको भन्दै विरोधस्वरुप तालाबन्दी गरेको जनाएको छ ।. ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’ क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले भने । हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’’ उनले थपे ।
गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन बसिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु