नेकपाका दुई जिल्ला इन्चार्जसहित पाँच जना गिरफ्तार
काठमाडौं , ५ असार । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले नेपाल कम्युनिस्ट पार्टीका दुई जिल्ला इन्चार्जसहित पाँच जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । महाशाखाको टोलीले रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जनालाई गिरफ्तार गरेको छ ।
एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाले जानकारी दिएका छन् ।