‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन’ भन्दै सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्रीको जवाफ

२०७६ असार ६ गते, शुक्रबार

काठमाडौँ , ६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद शिवकुमार मण्डल केवटले प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सर्लाहीको लालबन्दीमा विप्लव नेकपाका नेता कुमार पौडेल मारिएको सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इञ्चार्ज समेत रहेका पौडेल बिहीवार लालबन्दीमा मारिएका थिए । उनको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको जिकिर प्रहरीले गरेको छ ।
सांसद शिवकुमार मण्डल केवटले भने– ‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन, जनतालाई पनि राम्रो गर्दैन । त्यो घटनाको सत्यतथ्य के हो, गृहमन्त्रालयमार्फत सदनलाई जानकारी होस् ।’ विप्लव राजनीतिक पार्टी भएकाले वार्ता र संवादको माध्यमबाट निकास खोज्नुपर्ने उनको भनाइ छ । ‘निशस्त्र व्यक्तिहरूलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न अत्यन्त संवेदनशील र गम्भीर बन्दै गएको छ,’ सांसद् मण्डलले भने, ‘विप्लव समूह राजनीतिक समूह भएकाले राजनीतिक रूपमा समस्याको समाधान होस् । संवादबाट समस्याको समाधान खोज्ने पहल गरियोस् ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु