पोखरा महानगरमा तालाबन्दी
काठमाडौं, ११ असार । पोखरा महानगरपालिका कांग्रेसनिकट जनप्रतिनिधिले तालाबन्दी गरेका छन् । उनीहरुले महानगरले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेट सच्याउन माग गर्दै महानगरको गेटमा तालाबन्दी गरेका हुन् । महानगर प्रमुख मानबहादुर जीसीले बजेटबारे छलफल नै नगरी पारित गरेको भन्दै निकट जनप्रतिनिधीले विरोध जनाएका छन् । आफुहरु पनि जनताबाटै चुनिएर आएको महानगर प्रमुखले बिर्सेको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए । पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो।