‘विमानमा बम छ’ भनेर इमेल आएपछि

२०७६ असार १३ गते, शुक्रबार

काठमाडौं, १३ असार । भारतको मुम्बाईबाट अमेरिकाको नेवार्कतर्फका लागि उडेको एक यात्रुवाहक विमानलाई लन्डन निजकै रहेकाे स्ट्यान्स्टेड विमानस्थलमा अवतरण गराइएको छ। विमानमा बम राखिएको भनेर चालक दलका एक सदस्यलाई इमेल आएपछि भारतीय वायुसेवा निगमको एयर एआइ (१९१) यात्रुवाहक विमानलाई सवाधानी अपनाउदै आपतकालीन अवतरण गराइएको हो । सो विमान २२७ जना यात्रु बोकेर मुम्बईको विमानस्थलबाट ९ बजेर ३० मिनेटमा अमेरिकाको नेवार्कतर्फ उडेको थियो ।
मुम्बईकै विमानस्थलमा विमन भित्र बम राखिएको खबर पाएलगत्तै वेलायतको लन्डननजिकै स्ट्यान्स्टेड विमानस्थलमा १० बजेर १५ मिनेटको समयमा अवतरण गरिएको थियो । उक्त विमानलाई वेलायतको रोयल एअरफोर्सका टाइफुन लडाकु जेटहरूको सुरक्षा घेरामा आपत्कालीन अवतरण गराइएको वेलायतकाे रक्षा मन्त्रालयले जनाएको छ । तर विमानका चालक दलका सदस्यलाइ आएको उक्त इमेल गलत भएको हुन सक्ने अनुमान गरिएको छ । किनमी सुरुमा एअर इन्डियाले त्यो विमानमा बमको खतरा भएको भन्दै ट्वीट गरेको थियो । त्यसको केही समयपछि त्यो ट्वीट हटाएको छ ।
त्यसकारण बम राखियो भनेर आएको चेतवनी झुटो भएको हुनसक्ने अनुमान गरिको छ । सबैभन्दा पहिला समाचारसंस्था रोएटर्सलाई विमानसेवाले बमको खतरा भएको भन्दै जानकारी पठाएको थियो । अपतरणपछि विमानका यात्रुहरुलाई अहिले आेरालिएको छ । ओराल्ने क्रममा यात्रुहरुलाई कडाइकासाथ चेक जाँच गरिएको विमानस्थलले निकालेको बिज्ञप्तिमा जनाईएको छ । सबै यात्रुहरूकाई एक एक गरी उतार्दै तालिमप्राप्त कुकुरको सहयोगमा झोला तथा शरीर चेक तथा जाँच गरिएको थियो । संकास्पद भएकाले अझ प्रभावकारी चेक जाँच गर्न लन्डनबाट अर्को चालकदल आउँदै गरेको र पुन:सुरक्षा जाँच गरिने बताईएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]