जापानमाथि आक्रमण भए हामी ज्यान लगाएर लड्नेछौँ, हामीमाथि भए उनीहरु टिभीमा हेर्नेछन्:ट्रम्प
काठमाडौं, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि आफ्नो एक बयानमा सैन्य असन्तुलनता देखाएका छन् । गत बुधबार उनले अमेरिकामाथि हमला भए जापान टीभीमा हेर्नेछ तर सहयोग गर्न नसक्ने बताए । यो कुरा ट्रम्पले जी २० सम्मेलनका लागि जापान पुग्नुअघि भनेका हुन् । त्यस्तै ट्रम्पले दुनियाका धेरै देशहरुले अमेरिकाबाट फाइदा उठाउने गरेको समेत बताए । एक साताअघि राष्ट्रपति ट्रम्पले ब्लूमबर्गको एक रिर्पोटले जापानसँग भएको युद्ध सन्धि हटाउने विचार गरिरहेको जर्नाको थियो । तर ट्रम्पले यो एकतर्फि भएको बताए । उनले इन्टरव्यूमा पनि यो कुरालाई संकेत गरेको जनाइएको छ । ट्रम्पले जापानकाे अाेसाका पुग्नु अघि भनेका थिए- ‘यदि संयुक्त राज्य अमेरिका आक्रमणमा पर्याे भने जापान सहयाेग गर्न अाउने छैन् यसको सट्टा “सोनी टेलिभिजनमा युद्ध हेर्नेछ ।”
अमेरिका र जापानबीच १९५१ मा सन फ्रान्सिस्कोमा सन्धिमाथि हस्ताक्षर भएको थियो । यो नै दोस्रो विश्वयुद्धको आधिकारीक समाप्ती भएको मानिने गरिन्छ । विगत ७० वर्षयता अमेरिका जापानका लागि सैन्य सहयोग गर्दै आएको छ । १९६० मा सन्धिमा फेरि हेरफेर गरिएको थियो । दुवै देशबीचको शान्ति एवं सहयोगका लागि सन्धि गरिएको थियो ।
१९ देश र युरोपियन युनियनको समुह जी २० को सम्मेलनमा जापानमा आयोजना गरिएको हो । जी २० भित्रका देशहरु अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, युराेपियन युनियन, फ्रान्स, जर्मनी, भारत, इनडानेसिया, इटाली, जापान, मेक्सीकाे, रसिया, साउदी अरेबिया, साउथ अफ्रिका साउथ काेरिया, ट्रकी, ब्रिटिस, र संयुक्त्त राज्य अमेरिका हुन् ।
जी २० सम्मेलनले यी देशहरुबीचको आर्थिक र स्वास्थ्यलगायतका विषयलाई प्राथमिकतामा राखेर सहयोगीहातहरु बढाउने गरेको छ। प्रत्येक वर्ष हुने जी २० सम्मेलन यो वर्ष (२०१९) का लागि हिजो र आज जापानको ओसाकामा चलिरहेको छ । -एजेन्सी