प्रहरी दमन नरोकिए सशक्त प्रतिरोध

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीले पार्टीमाथिको दमन नरोको शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ । सोमवार पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी सङ्खुवासभामा जनताको घरमा बसिरहेका पार्टी कार्यकर्तामाथि तीव्र प्रहरी दमन गरेको भन्दै दमन नरोके प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
प्रवक्ता प्रकाण्डले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका ने.क.पा.का नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै घटनाको निन्दा र भत्र्सना पनि गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्का्तिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने वली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । ’
दमन नरोके ने.क.पा.ले शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिदैँ विज्ञप्तिमा भनिएको छ, ‘ त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी–बादल सरकार हुनेछ ।’