राजश्व विभाग बिरुद्ध उद्योग वाणिज्य संघ सडकमा
चितवन, ४आश्विन – चितवनको नारायणगढस्थित लक्ष्मीनारायण वस्त्रालयलाई भ्याट छलेको ठहर गर्दै ४ करोड ५८ लाख जरीवाना तिर्न ताकेता गरेपछि उद्योग वाणिज्य संघ चितवनको आहृवानमा आज जिल्लामा ब्यबसाय बन्द गरिएको छ । प्रतिसोध साधेर तिर्न नसक्ने जरिवाना तोकिएको भन्दै आन्दोलन गरिको संघले जनाएको छ । यसअघि बन्दको बिरोध गर्दै आएका व्यवसायीको बन्दले नारायणगढ, भरतपुर, रत्ननगर लगायत मूख्य बजार ठप्प छन् । यातायात र शिक्षण संस्था खुला छन् । संघले आज जिल्लाका सम्पूर्ण उद्योग ब्यबसाय बन्द गरेर आन्दोलनमा उत्रन अपिल गरेको थियो । अन्याय र प्रतिशोधपूर्ण ढंगले बस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठलाई धान्नै नसक्ने गरी जरिवाना तोेकीएको संघको ठहर छ । संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले यसलाई साझा समस्याका रुपमा लिएर आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन गर्न आग्रह गरेका छन ।संघले जनाए अनुसार आज यस बिषयमा काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने, ७ गते नारायणी अञ्चल र यस आसपास उद्योग वाणिज्य संघसंग छलफल गर्ने, यातायात ब्यबसायी संग छलफल गर्ने र थप कार्यक्रम सार्वजनिक गरिने छ । राजस्व बिभागले गत भदौ १४ गते १ महिने समायवधि तोकेर ४ करोड ५८ लाख भ्याट बुझाउन ताकेका गरेको थियो । त्यस अवधीमा रकम नबुझाए थप ५ दिन भित्र पुनरावेदन गर्न निवेदन दिएर १ करोड ५२ लाख धरौटी बुझाउन भनिएको छ ।