क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन

२०७६ असार २३ गते, सोमबार

काठमाडौं, २३ असार । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका पीवीएम श्रीनाथ अधिकारी‘श्याम’को निधन भएको छ । नेता श्यामको निधनले पार्टी, परिवारजन र शुभचिन्तक मित्रहरुसहित सबै अत्यन्तै मर्माहत, स्तब्ध र चिन्तित बनाएको भन्दै नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिमा ठूलो क्षति हुन गएको क्रान्तिकारी माओवादीले पार्टी जनाएको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले सोमबार जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा दिवंगत नेता श्रीनाथ अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदन व्यक्त गरिएको छ ।
श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “२०७६ असार २२ गते बेलुकी हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय समिति पोलिट व्यूरोका सदस्य कमरेड श्रीनाथ अधिकारी(श्याम)को औषधोउपचारको क्रममा ललितपुरको हरिसिद्धि अस्पतालमा दुःखद् निधन भयो । लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन, जनवादी क्रान्ति र दशवर्षको महान जनयुद्धमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएका उहाँको यस निधनबाट हाम्रो पार्टी, परिवारजन र शुभचिन्तक मित्रहरुसहित हामी सबै अत्यन्तै मर्माहत, स्तब्ध र चिन्तित भएका छौं । उहाँको निधनबाट नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिमा ठूलो क्षति हुन गएको छ ।
कमरेड श्रीनाथ अधिकारी (श्याम) को जन्म २०१२ साउन ९ गते गोरखा जिल्लाको हंशपुर १ मा आमा सरस्वती अधिकारी र बाबा दालचन्द्र अधिकारीको कोखबाट जन्मनुभएको थियो । उहाँ हाम्रो पार्टी केन्द्रीय समितिका सदस्य कमरेड नारायण अधिकारीका पिता हुनुहुन्थ्यो । उहाँकी जीवनसाथी राधिका अधिकारी हुनुहुन्छ । उहाँका ३ छोरा ३ बुहारी, २ छोरीज्वाइँ, नाति नातिनी १० र पनाति १ जना हुनुहुन्छ । क.श्रीनाथ अधिकारीको निधन भएको यस दुःखद् घडीमा हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, हामी उहाँका सबै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार