राजबन्दीहरुलाई बिना सर्त रिहा नगरे प्रतिराेध गर्ने चेतावनी

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीले घरमा सुतिरहेका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गर्दै विना सर्त तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारे गदै सामाजिक फासिवादी केपी–पिके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गर्दै जेलमा रहेका सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने चेतावनी दिएका छन् ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई यो सामाजिक फासिवादी केपी—पीके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं । केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ । यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ । यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।’