नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईनु गलत

काठमाडौं, १० साउन । जनअधिकार अभियान नेपालद्वारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानबअधिकार विषयक अन्तर्क्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रममा बिभिन्न बुद्दिजीवी, राजनीतिक कर्मी, मानवअधिकारकर्मी, कानूनबिद, पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, मानवअधिकारकर्मी टेकनाथ बराल, बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, कानूनविद तथा नेपाली कांग्रेशका प्रभाबशाली नेता यज्ञ बहादुर थापा, राजनीतिकर्मी झलकपाणी तिवारी, कानूनविद तिलक पराजुली , अधिकारकर्मी सन्तोष पराजुली लगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा बोल्दै बक्ताहरूले नेपालको राजनीतिलाई निकै गम्भीर रुपमा लिइएको साथै सरकार असफलतातिर गहिरहेको र सरकारले फासीवादी कदम चाल्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउँदै नक्कली मुठभेडको भन्दै जनहत्या गरेको आरोप लगाएका थिए । एउटा राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाईनु सरकारको गलत कदम रहेको जिकिर समेत गरेका थिए । त्यस्तै सरकार र विप्लव नेतृत्वको नेकपा वार्तामा आउन सरकारले सहजता अपनाउनु पर्ने साथै बार्ताका लागि अनुकूल वातावरण लागू गर्न पर्ने बत्ताहरुको भनाई थियो ।