अखिल क्रान्तिकारीद्वारा आधा दर्जन शैक्षिक संस्थामा कालो ब्यानर

काठमाडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितीले शैक्षिक माफियाको फोटो सहित कालो ब्यानर सार्वजनिक स्थलमा टाँस गरेको छ। शैक्षिक क्षेत्रमा बिद्यार्थीमाथी लुट मच्चाएको,मापदण्ड विपरीत संस्था चलाएको,छात्रालाई बलात्कारको प्रयास गरेको,छात्रवृत्ति कार्यनयन नगरेको,सार्वजनिक जग्गा अतिक्रमण गरेको मासिक शुल्क र भर्ना शुल्क मनोमानी उठाएको लगायतका आरोप सहित आइतबार कालो ब्यानर टाँस गरिएको अखिल(क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितीले जनाएको छ।
संविधानमा निशुल्क र अनिवार्य शिक्षा भनिएता पनि कम्युनिस्टका नामधारी नेताहरू र जनप्रतिनिधिहरुले नै करोडौं करोड लगानी गरि व्यापारीकरण गरेको अखिल( क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय संयोजक बिरेन्द्र बिकले आरोप लगाए । कलेजहरुको नाममा फोटो सहित सांकेतिक कार्बाही स्वरुप कालो ब्यानर लगाएका छौ उनले भने यी माग पूरा नगरेमा कडा कार्बाही गर्न अखिल (क्रान्तिकारी)बाध्य हुनेछ ।
लुम्बिनी अन्तरगतका रुपन्देहीमा रहेका ४ वटा, नवलपुरमा रहेका ३ वटा र अर्घाखाँचीमा रहेको १ वटा बिधालयका सञ्चाकलाई शैक्षिक माफियाको घोषणा सहित सामाजिक बहिष्कार गरेको हो। शैक्षिक माफियालाई सामाजिक बहिष्कार गरौं भन्दै फोटो सहित कालो ब्यानर समन्धित कलेज र सार्बजनिक स्थलमा टाँस गरिएको छ।
माफियाद्वारा संचालित शैक्षिक सस्थाहरु र संन्चालकको सुची
१)सगरमाथा इबो खैरेनी रुपन्देही :हिसानको अध्यक्ष कृष्ण न्यौपाने
२)सन्जिबनी नर्सिङ कलेज रुपन्देही : खोमा अर्याल मेडिकल माफिया
३)नमस्ते एकेडेमी तिलोत्तमा रुपन्देही :बिस्नु भुसाल
४)न्यु एकेडेमी इ.बो. सैनामैना रुपन्देही :चित्र बहादुर कार्कीको(सैनामैनाको मेयर) लगानी भएको
५)मुकन्दसेन इ. बो. स्कुल गैडाकोट नवलपुर :राजेन्द्र पौडेल
६)अक्सफोर्ड इन्जिनियरिङ कलेज गैडाकोट नवलपुर : हरि प्रसाद भन्डारी
७)सेन्ट जोसफ इ.बो. स्कुल कावासोति ११ कउरेलि नवलपुर: शिव प्रसाद देबकोटा
८) अर्घाखाँची माध्यमिक बो. स्कुल सन्धिखर्क अर्घाखाँची:श्रीकृष्ण भुसाल