कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

२०७६ श्रावण १३ गते, सोमबार

काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज सार्वजनिक हुने बताएको छ । नतिजा प्रकाशनका लागि आज बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो।
गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु