ठाउ ठाउमा बम विस्फोट र आगजनी

२०७६ श्रावण १५ गते, बुधबार

काठमाडौं , १५ साउन । गएराति नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिए । बम विस्फोट कस्ले र किन गरायो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, उता रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा आज बिहान १ बजे अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।
यसैगरी , मेलम्ची नगरपालिको वडा नम्वर १० को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेका छन् । वडा कार्यालयको ताल्चा काटेर भित्र रहेका कागजातहरु जम्मा गरि आगजनी गरिएको वडाध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए । मंगलवार कार्यालयको काम सकेर ताला लगाएर आफू घर गएको तर एकाविहानै स्थानीयवासीहरुले आगजनी भएको खवर सुनाए पछि हेर्न आउँदा वडा कार्यालय जलेर ध्वस्त भएको पाइएको उनले बताए । आगजनीका कारण वडा कार्यालयभित्र रहेका सम्पुर्ण कागजातहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले जानकारी दिए ।
यसैगरी हिजो साझ झापा जिल्लाका तीन स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ। राति एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।
यता काभ्रेको बनेपा बजारमा मंगलबार राती बम विस्फोट भएको समाचार प्राप्त भएको छ । मध्य राति भएको बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले भने, ‘विस्फोट भएको जानकारी हामीले पाएका छौँ ।’ घटनास्थलमा प्रहरी पठाइएको छ । ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु