वडा कार्यालयमा आगजनी

२०७६ श्रावण १७ गते, शुक्रबार

काठमाडौं, १७ साउन । चितवनको कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् । कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको देखिएको मेयर श्रेष्ठले बताए । आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु