अष्ट्रेलियामा नेपाली बिजनेस काउन्सिल गठन
सिड्नी ,७ असोज। अष्ट्रेलियाका नेपाली ब्यवसायीहरुले मन केसीको संयोजकत्वमा ३१ सदस्सिय नेपाल अस्ट्रेलिया बिजनेस काउन्सिल गठन गरेका छन् ।गैर आवासिय नेपाली संघ -एन आर एन अष्ट्रेलियाले गठन गरेको विजनेस टाक्स फोर्सको प्रवर्द्धनमा यो विजनेस काउन्सिलले पूर्णता पाएको हो । उक्त कार्यक्रममा एन आर एन अष्ट्रेलियाल अध्यक्ष महेन्द्र ओलीले नेपाली ब्यवसायीका साझा समस्या, सफलता र अनुभवहरु साटासाट गर्न काउन्सिल उपयोगि हुने बताउनु भयो ।
कार्यक्रममा बिजेस काउन्सिलको विधान, कार्यसमिति, संस्थागत संंरचना बारे विभिन्न ब्यवसायिहरुले सुझाव दिएका थिए । संयोजक केसीका अनुसार सामुहिक लगानी, ब्यवसायमा विविधिकरण, लगानीको नयाँ क्षेत्रको खोजी, नेपाल र अष्ट्रेलिया विचको ब्यापार तथा बाणिज्यमा बृद्धि लगायतका क्षेत्रमा काउन्सिलले काम गर्ने छ । साथै ब्यवसायीका समश्यका बारेमा समय समयमा छलफल गर्दै स्वस्थ प्रतिस्पकार्यक्रम पनि आयोजना गरिने बताइएको छ ।
एन आर एन अष्ट्रेलियाले बर्तमान महासचिव भरत पोखरेलको संयोजकत्वमा दिपक भट्टराई सह संयोजक र डा किरण थापा सचिव रहेको टाक्स फोर्स गठन गरेको थियो । विजनेस काउन्सिल गठनका लागि भनेर सेप्टेम्वरको ८ शनिवार पनि सिड्नीकै रिज होटलमा ब्यवसायिहरुबीच परामर्श बैठक भएको थियो । काउन्सिलमा अस्ट्रेलियको अन्य राज्यका नेपाली ब्यवसायीहरुको पनि प्रतिनिधित्व गराउदै भविष्यमा कार्यसमिति विस्तार गरिने बताईएको छ ।