नेकपाका नेता–कार्यकर्ता गिरफ्तार

२०७६ श्रावण २१ गते, मंगलवार

काठमाडौं, २१ साउन । नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्ना नेता–कार्यकर्ताहरुलाई आफ्नो नियन्त्रणमा लिएर गोलीप्रहार गरी हत्या गर्ने र बेपत्ता पार्ने कार्य तीव्र पारेको बताएको छ । उसले बैतडीमा नेकपाका समर्थक नयनसिंह धामी र बाजुराबाट लक्ष्मीराज जोशीलाई बेपत्ता पारेको बताउदै उनीहरु आफ्नो पार्टीका साधारण सदस्य रहेको जनाएको छ । त्यस्तै इलाकाप्रहरी कार्यालय बनेपाले शुक्रबार राति पनौती–४ बाट नेकपाका अनिल रायमाझी र सुन्दर रायमाझीलाई गिरफ्तार गरेको जनाइएको छ ।
यसैबीच नुवाकोटमा पनि नेकपाका समर्थक बच्चुराम लामिछानेलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौँको कीर्तिपुरमा स्टेसनरी पसल सञ्चालन गर्दै आएका लामिछानेलाई नुवाकोटबाट आएको प्रहरी टोलीले गए राती कीर्तिपुरबाट गिरफ्तार गरेको हो ।उ नलाई राति नै नुवाकोट लगिएको छ । यस्तै अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय सदस्य हेमन्त जीसीलाई प्रहरीले दाङ, घोराहीबाट गिरफ्तार गरेको छ । जीसीलाई अपहरण शैलीमा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर फसाउन खोजि रहेको भन्दै क्रान्तिकारीले बिनासर्त सम्मानपूर्वक रिहाइको माग गरेको छ । साथै व्यक्तिगत काममा हिँडिरहेको व्यक्तिलाई झूट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै चुप लागेर नबस्ने र प्रतिरोध गर्ने क्रान्तिकारीले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु