कालीमाटी तरकारी बजार दुर्गन्धित !

२०७६ श्रावण २१ गते, मंगलवार

काठमाडौं, २१ साउन । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले फोहर व्यवस्थापन नगर्दा काठमाडौंको मुख्य तरकारी बजार दुगन्र्धित बनेको छ । व्यापारीको स्टलमा समेत फोहर व्यवस्थापन नगर्दा दैनिक भान्सामा पाक्ने तरकारीको सरसफाईमा कालिमाटी बजारले लापरवाही गरेको हो । विभिन्न जिल्लाहरुका साथै भारत, चीन लगायतका अन्य देशबाट आयात हुने तरकारी कालीमाटी बजार हुदै खुद्रा बजारमा पुग्छ । दैनिक सातदेखि आठसय टनसम्म तरकारी तथा फलफूल भित्रिने कालीमाटीमा फोहोर व्यवस्थापन भने देखिदैन । बजारको स्टलवरिपरि फोहोरको डंगुरले दुर्गन्ध फैलिएको छ । बजार आउजाउ गर्ने उपभोक्ताले नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको बताउछन् ।
कालीमाटी बजारमा दैनिक दुई टन भन्दा बढी फोहोर जम्मा हुन्छ । कालीमाटी तरकारी बजारबाट निस्कने कुहिने र नकुहिने फोहोर एकै ठाँउमा मिसाइएको कारणले पनि फोहोर भएको छ ।
किसानले खेतबाट जस्तो टिप्यो त्यस्तै पठाईदिने र व्यापारीले पनि आफ्नो स्टल अगाडीको फोहोर सफा नगर्ने प्रवृत्तिले फोहोरको डंगुर बढेको समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउछन् । दैनिक टनका टन तरकारी भित्रिने र बाहिरिने ठाउँ कालीमाटीमा फोहोर व्यवस्थापन गर्न भने कालीमाटी तरकारी तथा फलफूल विकास समिति चुकेको देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]