आज विश्व आदिवासी जनजाति दिवस

२०७६ श्रावण २४ गते, शुक्रबार

काठमाडाैं , २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । नेपालका आदिवासी जनजातिले ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ : पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गराैं भन्ने नारासहित विविध कार्यक्रम गरी मनाउँदै छन् । आदिवासी जनजातिहरुकोको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन यो यो दिवस मनाउने गरिन्छ । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आदिवासी जनजाति दिवस याे मनाइन्छ ।
विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन ९सन् १९८२ को अगस्ट ९० को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार