मूल्य वृद्धिको विरोधमा आन्दोलन चर्कदै
काठमाण्डौं,९ असोज । मूल्य वृद्धिको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएका विभिन्न विद्यार्थी संगठनले आज बिहान १ घन्टा देशभरका क्याम्पस अगाडी प्रदर्शन गर्नुका साथै सरकारी सवारीका साधन सञ्चालनमा रोक लगाएका छन् ।
आफ्ना मागको उचित सुनवाई नगरेको भन्दै आन्दोलनका कार्यक्रय तय गर्न बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले आज प्रदर्शनसहित सरकारी सवारी साधन सञ्चालनमा रोक असोज १० गते विहान आयल निगम घेराउ तथा निगममा कालो झन्डा गाड्ने, ११ गते विहान ८ बजे अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा प्रदर्शन सहित घेराउ गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । उक्त कार्यक्रमबाट पनि मागको उचित सुनवाई नभए अन्य सशक्त आन्दोलन गर्ने तयारी गरेको बताइएको छ ।