सुन तोलाको ७१ हजार !
काठमाडौं , २८ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ। हिजो छापावाल सुन ७० हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तैगरी आज तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँ बढरेर ८३५ रुपैयाँमा कारोबार भईरहेको छ।