वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन
 
                काठमाडौं, ३२ साउन  ।  नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२को उमेरमा  स्वयम्भु  डल्लुस्थित आफ्नै निवासमा शनिवार बिहान निधन भएको छ । उनी लामो समयदेखि दमबाट पीडित थिइन । बाल्यकालबाटै रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बांध हो । बासुदेव, बदलिंदो आकाश, चिनो, कन्यादान, भाउजुलगायतका दर्जनौं चलचित्रमा उनले जिवन्त अभिनय गरेकी छन् । उनी सफल रंगकर्मी पनि हुन । २००३ सालमा जन्मिएका अधिकारीका एक छोरा र एक छोरी छन् ।

 
                 
                             
                             
                         
                        