अनेमसंघ क्रान्तिकारी कास्कीकी अध्यक्ष बिक पक्राउ
काठमाडौं, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कास्की जिल्ला अध्यक्ष प्राप्ति बिकलाई प्रहरीले पक्राउ गरेको छ । उपचार गर्न पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पस्चिमाञ्चल क्षेत्रिय अस्पताल गएको बेला शुक्रबार दिउँसो अस्पतालबाटै उनलाई प्रहरीले पक्राउ गरेको ने.क.पा. कास्कीले जनाएको छ । श्रीमानकासाथ उपचार गर्न गएकी नेत्री बिकलाई पक्राउ गरिएको बारे कास्की प्रहरीले कुनै जानकारी दिएको छैन।