चिकित्सा शिक्षा संघर्ष समितिद्वारा आफ्ना मागहरूलाई कमजाेर नठान्न चेतावनी

काठमाडौं ,११ भदौ । चिकित्सा शिक्षा संघर्ष समितिले अाफ्ना मागहरूलाई कमजाेर नठान्न चेतावनी दिएकाे छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा अन्तरक्रिया कार्यक्रम गर्दै समितिले चिकित्सा शिक्षा क्षेत्रकाे अवस्था नाजुक रहृकाे भन्दै सुधारका लागि अान्दाेलन सुरू गरेकाे र यसलाई कमजाेर नठान्न चेतावनी दिएकाे हाे । अन्तरक्रृया कार्यक्रममा उपस्थित त्रिभुवन विश्वविद्यालयकि कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर सुधा त्रिपाठी, शिक्षा मन्त्रालयका सहसचिव डाक्टर हरि लम्साल, काठमाडौं विश्वविद्यालयका डिनलगायतलाई समितिका माग सुनाउदै संयाेजक प्रकाश चन्दले मेडिकल शिक्षा माफिया र दलाल हरूकाे हातमा परेकाे भन्दै सुधारका लागि अान्दाेलन सुरू गरेकाे जानकारी दिए । उनले भने, अहिले हामी सरलढंगले अाफ्ना मागहरू राखिरहेका छाैं तर हामीलाई उच्च स्तरकाे कार्यक्रममा जान बाध्य नबनाईयाेस,हामी संग सरकारका नितिनीयम तहसनहस पार्ने तागत छ ।´ उनले अाफूहरू कुनै पार्टीको बलमा अान्दाेलन नगरेकाे भन्दै मेडिकल शिक्षा लिदा अत्यन्त पिडित भएर संघर्षमा उत्रिएकाे बताए । उनले भने,` हामी कुनै पार्टी निकट भएर याे अान्दोलन गरिरहेका छैनाै त्यसैले यिनका काेही छैन भनेर बेवास्ता नगर्नुहाेला, स्थिति जे जनि हुन सक्छ ।´ संघर्ष समितिले सरकारले निर्धारण गरेकाे शुल्क तथ्यसहित प्रष्ट पारी कार्यान्वयन गर्नुपर्ने,स्वास्थ्यकर्मीकाे उचित तलब,सेवा सुविधा र सुरक्षाकाे ब्यवस्था गर्नुपर्ने,चिकित्सा शिक्षा एेनमा ब्यवस्था भए अनुसार ७५ प्रतिशत छात्रबृति छल्न विश्वविद्यालय र प्रतिष्ठानहरूले गर्न लागेकाेे प्रवेश परिक्षाहरू स्थगित गरेर साझा प्रवेश परीक्षा मार्फत ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गरि स्नातकाेत्तर सिट संख्यापद्वति अावश्यकता अनुपात वृृृृद्वी गर्नुपर्नेलगायतका माग राखेर अान्दाेलन सुरू गरेकाे हाे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकि कायममुकायम उपकुलपति प्रा.डा. सुधा त्रिपाठीले अाफू मागबारे सकारात्मक रहेकाे बताईन । देशमै माफियाको जालाेमा रहेकाे भन्दै यसबाट चिकित्सा शिक्षा क्षेत्र पनि अछुताे नरहेकाे उल्लेख गरिन् । उनले भनिन,`चिकित्सा शिक्षा क्षेत्रमा समस्या छन् तपाईहरूकाे मागमा हामी सकारात्मक छाै, बन्द हडतालतिर नजानुहाेला ।´