‘सरकारले जनतामा भ्रम छर्ने काम मात्र गर्यो ‘

काठमाडाैँ, १३ भदाै । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सरकारमा बसेका पार्टीहरुले कम्युनिष्टको बदनाम गरिरहेको आठोकुवा गरेका छन । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले यो कम्युनिष्टको सरकार नभएको भन्दै सरकारले जनतामा भ्रम छर्ने काम मात्र गरेको बताए । वैद्यले सरकार जताजता हावा चल्छ, त्यतै बग्ने गरेको आरोप लगाउँदै जनताको समस्याहरुको समाधान गर्न यो सरकारले नसक्ने ठोकुवा गरे । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दमन गर्ने सरकारको नीति गलत भएको बताए ।
सो क्रार्यक्रममा वैद्यले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा समेत गरेका छन् ।अध्यक्ष वैद्यले आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए । आवश्यकताअनुसार निर्वाचनलाई उपयोग गर्न सकिने नीति भए पनि यो सरकार जनताबाट नांगिदै गएकाले भण्डाफोर गर्नका निम्ति निर्वाचनको उपयोगभन्दा बहिस्कार नै उपउयुक्त हुने उनको भनाइ थियो ।