देशभर एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको पुत्ला दहन

२०७६ भाद्र १७ गते, मंगलवार

काठमाडाैँ, १७ भदाै । नेपाल कम्युनिस्ट पार्टीले आज दाङ लगायत देशैभरी एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको पुत्ला दहन गरेको छ । सरकारकाे इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी चरणबद्ध अान्दोलनकाे कार्यक्रम घाेषणा गरेको छ । साेेही कार्यक्रम अन्तर्गत दाङका १२ ठाउँमा फैसला उल्टाउने न्यायधिसहरुको पुुुुत्ला दहन गरिएको बताइएको छ ।
दाङ तुलसीपुरकाे अश्वारा, बबईकाे पञ्चकुले, गढवाकाे कालाकाटे, राजपुर, शान्तिनगर, रामपुर लगायत दर्जन ठाउँमा पुत्ला दहन गरिएको ने.क.पा. दाङले जनाएकाे छ ।
पञ्चकुलेमा पुत्ला दहनपछि भएको कार्यक्रममा बाेल्दै १२ नम्बर सेक्रेटरी उर्जाले नेपालकाे कर प्रणाली ठूलाबडा भ्रष्ट कमिसनखाेरी संस्थालाई छुट साना गरिबलाई लुट्ने काम भइरहेको बताउनुभयो । एनसेल कर असुलीबारे सर्वोच्च अदालतका न्यायधिसहरुले गरेको निर्णय गलत भएको भन्दै भ्रष्ट, कमिसनखाेरका विरुद्ध अान्दोलनमा उत्रिन जनतालाई अपिल गर्नुभयो ।

नेकपाले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको छ । त्यही कारण उसले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको छ ।

अदालतको यो निर्णयपछि नेकपा एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुगेको बताइएको छ । नेकपाले सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न अपिल गर्दै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]