सम्पादक हमाल सर्वोच्चको गेटबाटै पुन : गिरफ्तार
काठमाडौं, १७ भदौ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका जनसंचार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । अदलत परिसरबाटै उनलाई मंगलवार प्रहरीले पुन गिरफ्तार गरेको हो । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई कास्की प्रहरीले शिशुवाबाट गत भदौ ६ गते गिरफ्तार गरेको थियो । हमाललाई रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । मंगलबार अदालतको आदेशमा रिहा हुनेवित्तिकै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटैबाट पक्राउ गरेको हो ।
पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो । रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधिस केदार प्रसाद चालिसे र डम्मर बहादुर खतिवडाको ईजलासले पत्रकार हमालको पक्राउ गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । पत्रकार हमाललाई अदालतको आदेशलाई समेत अवज्ञा गर्दै पुनः गिरफ्तार गरेपछि जनपत्रकार संगठन, नेपालले आपत्ति जनाएको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारि गर्दै पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै निन्दा गरेका छन् । जनपक्षीय पत्रकारमाथीको पटकपटकको गिरफ्तारीले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ विचार र आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरि झुठा मुद्दा लगाउने र अदालतको आदेशलाई समेत अवज्ञा गर्नुले देशमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने कुराको समेत छर्लङ्ग भएको बताईएको छ । संगठनले देशभरका कलमजिवीहरुलाई पत्रकारको गैरन्यायिक गिरफ्तारीको बिरोध गर्न समेत आग्रह गरेको छ । बिचार र आस्था राखेकै आधारमा पत्रकार तथा लेखकमाथि धरपकड बढाउने, अनाबस्यक दुखः दिने, मानसिक तनाब दिने जस्ता कार्य गम्भीर मानवअधिकार उलंघन तथा प्रेस अभिव्यक्ति स्वतन्त्रता बिरोधि हर्कत भएको भन्दै पत्रकार हमालको गिरफ्तारीको चौतर्फी बिरोध भएको छ ।
यता, जनपत्रकार संगठन नेपालले विचार र आस्थाका आधारमा पत्रकारको गिरफ्तारी बन्द गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकार सँग माग गरेको छ । उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक हुन् । उनले बेथितिका बिरुद्द निरन्तर कलम चलाउदै आएका थिए ।