प्रहरीले चालकमाथि मुक्का र लात्ती बर्साए !

२०७६ भाद्र १८ गते, बुधबार

काठमाडौं, १८ भदौ । प्रहरीले एक चालकमाथि मुक्का र लात्ती बर्साएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
गलत ठाउँमा गाडी पार्किङ गरेको भन्दै रसुवामा नेपाल प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारले एक चालकलाई मुक्का र लात्ती बर्साएको र स्थानीय प्रत्यक्षदर्सीले अहिलो ती चालकलाई मुक्का र लात्ती प्रहार गरिरहेको भिडियो सामाजिक संजालमा पोष्ट गरेपछि भाइरल भएको हो । जुन भिडियोमा जिल्ला प्रहरी कार्यालय रसुवका एक प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारले चालकको कपालमा समातेर लात्ती मुक्का बर्साएको प्रत्यक्ष देख्न सकिन्छ । उक्त भिडियो सार्वजनिक भएपछि जिल्लाको टिमुरे क्षेत्रबाट दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको रसुवाका प्रहरी प्रमुख भाग्यन्द्रपुरुष ढकालले बताएका छन् । सो भिडियो वास्तविक भए कुटपीट गर्ने प्रहरीमाथि हदैसम्मको कार्वाही गरिने र तर त्योभन्दा पहिले घटनाको सुष्म अध्यायन गरिने प्रमुख ढकालले बताएका छन् । साथै रसुवाका प्रमुख जिल्ला अधिकारी सन्तोष भण्डारीले सो घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]