विश्वकप फुटबल छनोटका खेलहरु सुरु

२०७६ भाद्र १९ गते, बिहीबार

काठमाडौं , १९ भदौ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको छ । सो छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ । नेपाली समय अनुसार आज राती पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दैछ । फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेल नेपालमै खेल्नुपर्ने भएपनि दशरथ रंगशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले होम गेमको सट्टा पहिला कुवतेसँग अवे खेल खेल्न लागेको हो ।
विश्वकप छनौटको एसियाली समूह ‘बी’मा रहेको नेपालले कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्नेछ । नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । दुई देशविच अहिलेसम्म भएका ६ वटा खेलमध्ये ५ खेलमा कुवेत विजयी हुँदा एक खेल बराबरीमा साकिएको छ । यी ६ खेलमा नेपालले कुवेतसँग २२ गोल खाएको छ भने एक गोल मात्रै गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]