एनसेलविरुद्ध मशाल जुलुस !

२०७६ भाद्र १९ गते, बिहीबार

काठमाडौं , १९ भदौ । सर्वोच्च अदालतले एनसेलको फैसला उल्टाए पछि संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीले आज एनसेलविरुद्ध मशाल जुलुस निकाल्दैछ । यही भदौ ९ गते सर्वोच्च अदालतको पूर्णइजलासले एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको मध्ये झण्डै १८ अर्ब तिर्न नपर्ने फैसला गरेपछि फैसलाविरुद्ध सो पार्टीका महासचिव विप्लवले भदौ १४ एक प्रेस विज्ञप्ति जारी गरेर चरणवद्ध घोषणा गरेका थिए । एनसेलले नागरिकबाट पैसा उठाई राज्यलाई कर नतिरेर कंगाल बनाएको विज्ञिप्तमा जनाएका छन् । कर चुक्ता नगरिए एनसेललाई थप कारवाही गरेर देशबाटै खारेज गर्ने चेतावनी विप्लवले दिएका छन् ।
सोही अनुसार मंगलबार देशभर फैसलामा संलग्न न्यायाधीशरुको पुत्ला दहन गरिसकेको छ । आज बिहिबार साँझ उसले देशभर एनसेल करछली विरुद्ध र न्यायाधीशहरुको निर्णयको विरोधमा मशाल जलुस निकाल्ने भएको हो । जिल्लाहरुमा मशाल जुलुशको तयारी भइरहेको पार्टी स्रोतले दिएको छ । घोषित कार्यक्रम अनुसार एनसेल कार्यालयहरुका विरोध प्रदर्शन, २३ गते कार्यालयहरुमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्ने रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]