विद्यालय हिडेकी मुस्कानमाथि तेजाब प्रहार

२०७६ भाद्र २० गते, शुक्रबार

काठमाडौं, २० भदौ । वीरगन्ज ३ छपकैया निवासी मुस्कान खातुन तेजाब प्रहारबाट घाइते भएकी छिन् । अध्ययनका लागि विद्यालय जाँदै गर्दा मुस्कानमाथि दुई जना युवकले वीरगन्जको गणेशमान चौमामा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
एसिड प्रहार भएकी छात्राको वीरगञ्जमा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौं पठाइएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार संभव नभएछि उनलाइ थप उपचारका लागि काठमाडौं पठाएकाे हाे । घरबाट स्कुल जाँदै गरेकी मुस्कान खातुनमाथि गणेशमान चोकमा करिब ६ बजे दुईजना दुई युवाले एसडि प्रहार गरेका हुन् । एसिड प्रहार भएकी छात्रको अवस्था गम्भीर रहेको छ । त्रिभुवन हनुमान माविमा अध्ययनरत मुस्कानको एसिड प्रहारबाट शरीरको एक साइटको भाग पुरै जलेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय संसाद मिया र माजिद आलम रहेको प्रहरीले जनाएको छ । १६ वर्षका ती दुई युवकले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्ने मुख्य व्यक्ति संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मजिदको खोजी भइरहेको प्रहरीले जनाएको छ। छात्रकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन् । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]