देशभरी मसाल जुलुस प्रदर्शन
काठमाडौं, २० भदौ । सर्वोच्च अदालतले एनसेलको फैसला उल्टाएपछि संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीले देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । राजधानी काठमाडौलगायत देशभरको कडा सुरक्षा ब्यवस्थालाई पत्तोसम्म नहुने गरि छापामार शैलीमा निकालिएको मसला जुलुसमा एनसेल बिरोधी नारा लगाएका थिए भने सरकारप्रति आर्कोश अभिव्यक्त भएको थियो । एनसेलले अरबौ कर छली गरेको र त्यसलाई अदालतले बैधानिकता दिएको भन्दै नेकपाले बिरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।
पार्टीद्वारा घोषित कार्यक्रम सफल पार्न बिहीबार साँझ नेकपाले देशैभरी मसाल जुलुस निकालेको हो ।