‘सरकार निरंकुश बन्यो ‘

२०७६ भाद्र २१ गते, शनिबार


काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाइको आडमा सरकार निरंकुश बन्दै गएको ठोकुवा गरेका छन् । शुक्रबारदेखि भक्तपुरको बोडेमा सुरु कांग्रेसको प्रदेश नम्बर–३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमासमेत हस्तक्षेप गर्न थालेको बताएका छन । सरकारले संविधान मिच्दै जनताका हक, अधिकार कुन्ठित गर्दै गए कांग्रेस सडकमा जाने उनको भनाइ थियो । उनले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
आउँदो मंसिरमा हुने उपनिर्वाचन जसरी पनि जित्नुपर्ने भन्दै सभापति देउवाले पार्टीमा एकले अर्कालाई हराउने रोगको अन्त्य हुनुपर्नेमा जोड दिए । अन्तरघातीलाई पार्टीले कारबाही गर्ने उनले उल्लेख गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु