लम्कीचुहाका मेयर बजगाईको कार्यकक्षमा आगजनी

२०७६ भाद्र ३० गते, सोमबार

काठमाडौं , ३० भदौ । शनिबार राती कैलाली लम्कीचुहा नगरपालिकाको कार्यकक्षमा आगजनी भएको बताइएको छ । अज्ञात समूहले मेयर महादेव बजगाइको कार्यकक्षमा आगजनी गरेको लम्की प्रहरीले जनाएको छ । मेयरको कार्यकक्षको झ्यालको सिसा फुटाइएको छ भने झ्याल नजिकै एक हतौडा र पेट्रोल भरिएका २ वटा बोत्तल भेटिएका छन् । उनीहरुले झ्यालबाटै फालेको आगो लागेर मेयरको कुर्ची र टेबललगायतमा क्षति पुगेको जनाइएको छ । लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले आगजनी नै गरेको हो भन्न नसकिने बताए । उनले विद्युत ‘पावर कन्ट्रोल’बाट आगो निस्केको देखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]