मौसमका कारण उडान प्रभावित
काठमाडौं , ३१ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान प्रभावित भएको छ । बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । विमानस्थलमा चार किलोमिटर मात्र भिजिबिलिटी रहेको महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देशक क्षेत्रीले बताए । आन्तरिक भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ ।