‘सबै राजनीतिक दल एक हुनु पर्छ ‘

२०७६ आश्विन ४ गते, शनिबार

काठमाडौं , ४ असोज । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने पनि बताए । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा मानवअधिकारकर्मी कपिल श्रेष्ठ र गौरी प्रधानले दिगो शान्ति कायम गर्न समयमै सचेत हुनु पर्ने बताए । विगतमा भएको द्वन्द्वको पाठबाट सबैले बुझ्नु पर्ने भन्दै मानवअधिकारको रक्षाको लागि राजनीतिक दल प्रतिबद्ध हुनु पर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बारुदी सुरुङ र यसले पु-याउने असरको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]