अधिकारकर्मीद्वारा मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त

२०७६ आश्विन ४ गते, शनिबार

काठमाडौं , ४ असोज । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिद्वारा शनिबार बुटवलमा अायोजित मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवम् वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् साथै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि सरकारले लगाएको प्रतिबन्धले देश गम्भीर खतरामा फस्ने भन्दै जिम्मेवार बन्न सरकारलाई सुझाव दिएका छन् । कार्यक्रममा सहभागी वक्ताहरूले राजनीति विचार संग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउन नहुने समेत बताए । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता एव पुर्व मन्त्री अमर पुनले पछिल्लो समय नेपालमा मानवअधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको टिप्पणी गरेका छन् । एउटा कम्युनिस्ट पार्टीको सरकार छ अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईएको छ यो कस्तो कम्युनिस्ट शासन हो उनलेे प्रश्न गरे,नेता पुनले एकअर्को प्रशङ्गमा अाफु रोल्पाको बासिन्दा भएकोले माअोबादी जनयुद्ध अनुभुती गरेको भन्दै अहिले पनि युद्ध जारी रहेको जस्तो लागेको जिकिर गरेका छन् । युद्धकालमा सरकार र तत्कालीन विद्रोही विच भिडन्त,हत्या बम विस्पोटका समाचारहरु दिनहुँ सुनिएको स्मरण गर्दै अहिले पनि हत्या हिंसा सरकारले चलाउने गरेको ठोकुवा गरे । एकातिर सविधान दिवसको दिपावली छ अर्को तिर संविधान जलाएको देखिन्छ,कतै हर्ष उल्लास छ भने कतै अाक्रोस छ यो कस्तो अवस्था हो उनलेे सरकारलाई प्रश्न गरे । विकास र समृद्धिको बहस चलाउने सरकार भष्ट्रचार र अनियमितता बारे मौन रहेको छ,सरकारी तहबाट भष्ट्रचार मौलाएको छ यो कस्तो सुशासन हो उनको तर्क थियोे । केही मान्छेले विकास र समृद्धि भन्दै गर्दा सयौं नागरिकहरु अाक्रोसित भएको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश ५ का सांसद भोजप्रसाद श्रेष्ठले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । उनलेे देशमा गणतन्त्र अाएको छ ,कम्युनिस्टले सरकार चलाएको देखिन्छ तर हामी कम्युनिस्ट हुन सकेनौं भन्दै कम्युनिस्ट विचार र अाचारण लिएर हिड्न नेता कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ,नेता श्रेष्ठले हामी कस्तो कम्युनिस्ट बंन्यौ सोच्दा अचम्म लाग्ने गरेको बताए । उनलेे एकअर्को प्रशंङ्गमा बोल्दै विप्लव नेकपा माथि सरकारले राजनीतिक व्यवहार गर्न सरकारलाई अनुरोध समेत गरेका छन् उनले गणतन्त्र अाईसकेको छ,विप्लव जी का असहमति हरु के के हुन छलफल गर्न सरकार गम्भीर हुनुपर्ने उनको तर्क थियोे ।नेकपा क्रान्तिकारी माअोबादीका विपिएम एवम् प्रदेश ५ का ईन्चार्ज प्रेम सुवेदीले सरकारले न्युनतम कम्युनिस्ट अाचारण भुलेको भन्दै सरकारको रबैयाले पञ्चायतकालको झल्को दिएको टिप्पणी गरे,एउटा कम्युनिस्ट पार्टीलाई राजनीतिक प्रतिबन्ध लगाईएको छ यो के हो ? उनलेे प्रश्न गरे,नेता सुवेदीले गरिबी,भोकमरी बढेको छ,महङ्गिको मारमा जनता छन् ,अनावश्यक कर थोपारिएको छ । शिक्षा,स्वास र जनताका जनजिवीका ज्युका त्यु छन् ,राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा छ,यो कस्तो गणतन्त्र हो उनको प्रश्न थियोे । जनअधिकार अभियान नेपालका अध्यक्ष एवम् बरिस्ठ अधिवक्ता एकराज भण्डारीले मानवअधिकार विधेयकले सरकारले निरङकुसताको अभ्यास गरेको भन्दै यसको बिषयमा सचेत रहन अाग्रह गरे, बामपंथी बुद्धिजीवी एवम् वरिष्ठ अधिवक्ता दिल साहानी,जनअधिकार अभियान नेपालका उपाध्यक्ष देव बहादुर पौडेल,नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रमेश बिष्ट,मानवअधिकार तथा शान्ति समाजका बरिस्ठ उपाध्यक्ष गोविन्द खनाल,नेपाल पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जिसी,बरिस्ठ पत्रकार बालकृष्ण चापागाईं,बामपंथी लेखक एवम् अगुवा बिन बहादुर कुवर,नागरिक समाजका प्रतिनिधि पदम कार्की लगायत पत्रकारहरु,कानुन व्यवसायी,नागरिक समाजका अगुवा,प्रध्यापकहरु लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम अायोजना गरिएको हो ।
कार्यक्रम संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता,महासचिव हिम बिष्टको सञ्चालन र केन्द्रीय सदस्य शिव डुम्रेको स्वागत सहित कार्यक्रम भएको थियोे ।
पछिल्लो समय मानवअधिकार र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको निष्कर्ष सहित संगठनले देशभर अभियान चलाएको थियो । पछिल्लो समय राजनीतिक विचार र अास्थाका कारण नागरिक एवम् पत्रकारहरु धरपकड र गिरफ्तार बढ्दै गईरहेको बेला पत्रकार संगठनले सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम अायोजना गरेको हो । संगठनले यस अगि मेची देखि महाकाली सम्म ३८ जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]