नागढुंगा-नाैबिसे सुरुङमार्ग निर्माण मंसिरपछि सुरु हुने

२०७६ आश्विन ६ गते, सोमबार

काठमाडौं , ६ असोज । जापानकाे निर्माण कम्पनी हाज्मा-आन्द्रो जेभीले निर्माण ठेक्का पाएकाे नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि सरकारले आज सो कम्पनीसँ सम्झौता गर्दै छ । जापान सरकारकै सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हाे । जापानले यस परियाेजनाका लागि नेपाललाई १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । तर सुरुङमार्ग निर्माणमा हाज्मा-आन्द्रो जेभीले भने करिब १३ अर्ब रुपैयाँकाे लागतकाे प्रस्ताव गरेकाे थियाे । आज सम्झाैता भएर आउँदाे मंसिरबाटै सुरुङमार्गकाे निर्माण कार्य सुरु हुने बताइएकाे छ । सुरुङमार्ग आयाेजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेँसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । यही सर्तअनुसार जापानी कम्पनीसँग सम्झाैता हुन लागेकाे हाे ।
थानकाेटकाे दहचोकदेखि धादिङकाे सिस्ने खोलासम्म कायम हुने सुरुङकाे लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुने यसअघि नै तय गरिएकाे थियाे । सडकको लम्बाइ आठ किमि कम हुनेछ । याे सुरुङमार्ग निर्माणपछि नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्दै थानकोटबाट १० मिनेटमै नौविसे पुग्न सकिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु