नेकपाका उपत्यका इन्चार्ज विश्वकर्मासहित दुइ जना गिरफ्तार

२०७६ आश्विन ७ गते, मंगलवार

काठमाडौं , ७ असोज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा र बटला गिरफ्तार परेका छन् । प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बिकलाई ललितपुरबाट गिरफ्तार गरेको हो ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले सोमबार गिरफ्तार गरेको छ । प्रहरीले सोमबार इटहरीबाट इन्चार्ज लक्ष्मण पौड्याल ‘विश्वास’ र सेक्रेटरी सन्तोष बिष्ट ‘सन्देश’ लाई गिरफ्तार गरेको हो । बाटोमा हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ ।उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]