अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष गिरफ्तार

काठमाडौं, ७ असोज । अखिल( क्रान्तिकारी) कैलाली जिल्ला अध्यक्ष पदम काफ्लेलाई प्रहरीले विनाकारण अाज गिरफ्तार गरेको छ । केही दिन अघि सम्पन्न भएको अखिल (क्रान्तिकारी) कैलाली जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका काफ्ले गिरफ्तार भएका हुन् । काफ्लेलाई कैलालीको चौमालाबाट प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।