‘हिंसा भड्काउने सरकारी हर्कत र ज्यादती निन्दनीय’

२०७६ आश्विन ८ गते, बुधबार

काठमाडौं, ८ असाेज । नेपाल कम्युनिस्ट पार्टीले हिंसा भड्काउने सरकारी हर्कत र ज्यादती निन्दनीय भएको बताउदै त्यस्तो हर्कत बन्द नगरे शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । प्रवक्ता प्रकाण्डले असोज ६ गते ललितपुरबाट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई गिरफ्तार गरेकोमा निन्दा तथा भत्सना गर्दै हितमानसहित सम्पूर्ण आस्थाका बन्दीहरूलाई बिनासर्त रिहा नगरे शक्तिशाली प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘सामाजिक दलाल पुँजीवादको नाइके भ्रष्टाचारी, दलाल, कमिसनखोर, हत्यारो, सार्वजनिक जग्गा हड्पेर खाने तुच्छ, राष्ट्रद्रोही केपी–बादल सरकारले छ । पार्टी त्यसप्रकारको सरकारी ज्यादती र हिंसा भड्काउने हर्कतको निन्दा र भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘दलाल फासिवादी सरकार दमन र हत्या गरेर क्रान्तिकारी र देशभक्त शक्तिले आत्मसर्मण गर्लान् र लुटको राजनिष्कन्टक चलाइरहन पाइएला भन्ने भयानक भ्रममा छ । हाम्रो पार्टी कमरेड हितमानसहित सम्पूर्ण आस्थाका बन्दीहरूलाई बिनासर्त रिहा नगरे शक्तिशाली प्रतिरोध गर्नेछ र त्यसबाट उत्पन्न परिणामको जबाफदेही वली नेतृत्वको दलाल सरकार नै हुुनुपर्नेछ ।’

प्रतिक्रियाहरु

[anycomment]