युवा संगठनद्वारा परिवर्तनकारी महाअभियानमा लामबद्द हुन अपिल

२०७६ आश्विन ९ गते, बिहीबार

काठमाडौं, ८ असाेज । एकीकृत जनक्रान्तीमार्फत दलाल पुजीवादी ब्यबस्थाको अन्त्य र बैज्ञानिक समाजबादी ब्यबस्था स्थापनाको लागि युवा संगठन, नेपालले सुरु गरेको अभियान ऐतिहासिक र कोसेढुङ्गा साबित भएको जनाएको छ । युवा संगठन, नेपाल राप्ती ब्युरोका इन्चार्ज अनिलले एक विज्ञप्ति जारी गरि परिबर्तनकारी यो महाअभियानमा लामबद्ध हुन अपिल गर्दै अाम जनसमुदायमा राजनैतिक, आर्थिक, भौतिक, नैतिक हर प्रकारकाे सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।
राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा अाम युवा एक जुट होऔं ! वैज्ञानिक समाजवादका लागि संगठन सुदृढ तथा विस्तार अभियामा अघि बढौं !! भन्ने मूल नाराका साथ सुरु भएको ३ महिने युवा अभियानमा संगठित र असंगठित सबै श्रमिक तथा उत्पीडित युबाहरुलाई अभियानमा लामबद्द हुन विज्ञप्तिमा अपिल गरिएको छ ।
साथै सामाजिक फासिस्ट सत्ताले हाम्रो अभियानलाई प्रभाबित पार्ने कुनै धरपकड गरेमा त्यसको प्रतिरोध गर्न अाह्वान गर्दछौं’- विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिकाे पूर्ण विवरण यस प्रकार रहेको छ – “हाम्रो गौरवशाली संगठन, युवा संगठन, नेपाल विभिन्न कालखण्डमा आम उत्पिडित जनताको जनजिबिका, रास्ट्रियता, आमूल परिबर्तनका पक्षमा संघर्ष गर्दै आएको सर्बबितितै छ ।आज जनता अत्यन्तै उत्पिडनको सिकार बन्न बाध्य छन्, दलाल पुजिबादी संसदीय ब्यबस्थाले दिएको उत्पीडनको उपहार अस्वीकृत गर्दैछन् । सत्ताको आड्मा भ्रष्टाचार, कमिसन, घुस, दलालीकरण एकपछी अर्को गर्दै दिन दुई गुणा रात चौगुणा तिब्रतर गतिमा व्यापक बनिरहेको छ । स्थानीय सत्तादेखी केन्द्रिय सत्तासम्म जनताका बस्तुभाउदेखि किसान, मजदुरको श्रममा समेत कर असुली गर्ने र त्यसबाट जनप्रतिनिधिहरुले तलबभत्ता, मोजमस्ती र सात पुस्तासम्म पुग्ने आर्थिक सञ्चित गर्दैछन् ।

नेपालको अर्थतन्त्र नै धरापमा हुनेगरी बिदेशी लगानी एनसिएल कम्पनीले राज्यलाई तिर्नुपर्ने अरबौ रकम नतिर्दासम्म दलाल शासकहरु चुईक्कसम्म बोल्दैनन्, पैसाको आड्मा सत्ताका उच्च पदस्थ प्रधानमन्त्री, मन्त्रीदेखि अदालतसम्मलाई आफ्नो खल्तिमा बोकेर हिडेको छ।त्यसमा दलाल संसदिय दलको नेताहरु आफ्नो विलासी जीवन जिउने ध्याउन्नमा छन्।

यता परिबर्तनका संवाहक झन्डै ६०/७० लाख युबा शक्ति बिदेशी मुलुकमा गुलाम भएर बाच्न बाध्य छन्, दैनिक जसो ५/७ वटा शवहरु मुलुकमा भित्रीएका छन् ।एक ढंगले हेर्दा मानव तस्करको खेती गरिरहेका छन् ।दलाल सत्ताका मतियारहरुले स्वदेशमै रोजगारीको व्यवस्था गरि उर्जाशिल युबा शक्तिलाई सहि ढङ्गले परिचालन गरि मुलुकलाई सहिमानेमा परिबर्तनको दिशामा लाने कुनै चेस्टा छैन, बरु खुन र पसिनाले सञ्चित रेमिटान्सले वाईन र हुस्किमा आफ्नो जिबन रंगिन बनाउन मस्त छन् । आम रुपमा हेर्दा मुलुकको स्वाधिनता,जनताको जनजिबिका लगायत सबै क्षेत्रको क्रप्सनले मुलुक नै एउटा संकटको घडिमा छ र यो पुजिबादी दलाल संसदिय ब्यबस्थाबाट यसको कुनै हल हुने देखिदैन र यसको निर्बिकल्प बैज्ञानिक समाजबादी ब्यबस्था नै जनताको उत्पीडनको अन्तिम हल देखिएको छ।अझ सुखी नेपाली समृद्द नेपालको गफ दिएर जनतालाई झुक्याउने र क्रान्तिकारीहरुलाई दमनको अस्त्र बनाउदैछ, पुरानै वर्गको प्रभुत्व र अधिनायकत्व कायम राखेर यही ब्यबस्थाबाट जनतालाई सुखी र समृद्धि बनाउन सकिन्छ भन्नु दलाल पुजिपति, दलाल संसदवादीहरुले चलाएको कृतिम र ढोङ्गी नाटक मञ्चन मात्र हो ।

मुलत आज मुलुकको विशिष्ट परिस्थिति युबा, विद्यार्थी, बुद्धिजीवी, मानबाधिकार कर्मी, सुरक्षाकर्मी, संचारकर्मी, डक्टर, वकिल, किसान, मजदुर, उद्योगी, व्यापारी लगायत उत्पीडित आम जनताहरु एक ठाउँमा रहेर आमूल परिबर्तनको लागि फेरि एकपटक अन्तिम संघर्षको अावश्यकता देखिएको छ।

हाम्रो संगठन आमूल परिवर्तनको खातिर विभिन्न खाले संघर्ष गर्दै आईरहेको छ र भ्रष्ट, दलालहरु, तस्करीहरु, रास्ट्रघातीहरु, मुठ्ठीभर शासकहरु हाम्रो यो संघर्षको राप र तापले आत्तिएर आफ्नो लुटको स्वर्ग, शासन सत्ता जनताको हातमा जाने सन्निकट सम्भाबना देखेर हामी र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धित गरेको छ, हाम्रा सयौं युबाहरु, नेता, कार्यकर्ताहरुलाई अनाहकमा झुठ्ठा मुद्दा लगाएर जेल हिरासतमा राखेको छ, केहिलाई फासिस्ट शैलिमा ईन्काउन्टरको नाममा हत्या पनि गरिरहेको छ तर पनि हामी युवाहरु वा हाम्रो युवा संगठन निरन्तर जनतासँग छ र जनतासँग नै दैनिक सहकार्य गरिरहेको छ, अावश्यक परे बलिदानीको कोटा पूरा गर्न कटिबद्ध पनि छ।

यी यस्ता सबै विषयमा युबा, विद्यार्थी, किसान, मजदुर, उद्योगि, ब्यापारी सबै खालका उत्पीडित जनतालाई सचेत र सङगठित गर्न हाम्रो संगठनले संगठन सुदृढ तथा बिस्तार अभियान असोज ५ गते देशैभरी र राप्तीका ६ वटा जिल्लाहरुमा उद्घाटन गरि असोज देखि मङ्सिरसम्म तीन महिने अभियान संचालन गरिरहेको छ। एकीकृत जनक्रान्तीमार्फत दलाल पुजीवादी ब्यबस्थाको अन्त्य र बैज्ञानिक समाजबादी ब्यबस्था स्थापनाको लागि यो अभियान ऐतिहासिक र कोसेढुङ्गा साबित हुनेछ ।परिबर्तनकारी यो महाअभियानमा आम जनसमुदायलाई राजनैतिक, आर्थिक, भौतिक, नैतिक हर प्रकारका सहयोगको अपेक्षा पनि गर्दछौं । संगठित र असंगठित सबै श्रमिक तथा उत्पीडित युबाहरुलाई अभियानमा लामबद्द हुन अपिल गर्दछौ ।

साथै सामाजिक फासिस्ट सत्ताले हाम्रो अभियानलाई प्रभाबित पार्ने कुनै धरपकड गरेमा त्यसको प्रतिरोध गर्न अाह्वान गर्दछौ ।”

प्रतिक्रियाहरु

[anycomment]