तीन सर्जकका ६ कृति एकै पटक विमाेचन !
काठमाडौं, १६  असोज । नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्वकुलपती तथा बरिष्ठ साहित्यकार वैरागी काइँला ज्यूकाे प्रमुख आतित्थ्यमा दायित्व  वाङ्मय प्रतिष्ठानको आयोजनामा बहुआयामिक व्यक्तित्व भुवन  शिवाकोटी चौघरेको  चार कृतिहरू १)नच्यातिएको आकाश २)प्रणयको गहराइ कविता सङ्ग्रहका ३) एकल शब्द/संगीत र गायनकाे आधुनिक गीति एल्बम अतुलनीय प्रित गरें ४) एकल शब्द /संगीत र गायन तथा अभिनय  रहेकाे राष्ट्रिय गीत “बहुलजातीकाे मातृभूमी याे भिन्न छ भाषा धर्म भेष” काे  अडियाे भिज्वल, लाेकार्पण गरियाे ।  साेहि समाराेहमा प्रा .गोपिकृष्ण शर्माको महिमा खन्ड काब्य र निर्मलरमण पराजुलीको देश लेख्न हतार छ कविता सङ्ग्रहकाे विमाेचन  पनि गरिएकाे थियाे ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्त ज्युको सभापतित्वमा अति भव्य सभ्य रूपमा यादब भट्टराई ज्यूले कार्यक्र संचालन गर्दै समपन्न भयाे । साे कार्यक्रमलाई साहित्यकार ठाकुर शर्माले स्वागत मनतव्य राख्नु भएकाे थियाे ।  लाेकार्पण गरिएका पुस्तहरूकाे संक्षिप्त समीक्षा डा. भागवत ढकाल, डा. लेखराज निराैला, डा साधन पन्च प्रतीक्षा र डा.राम प्रसाद ज्ञवालीले गर्नु भएकाे थियाे ।
डा. भागवत ढकालले कवि चाैघरेका कृति प्रणयकाे गहिराइ कविता संग्रह आध्यात्म, प्रेम, वियाेग लगायत बिषय बस्तुमा शिवाकाेटीले ९० कविता संग्रहित गरेका छन् सबै कविता पठनिय रसिला छन् । पढदै जाँदा फरक फरक शैली र बिषयकाे गहिराइमा प्रकृतिसंग तुलना गरिदै रचिएका कविताकाे रसमाधुर्यले  रसातलमा अज़ै प्रणयकाे रसातलमा पुर्याउछ । एक पटक मात्र हैन पटक पटक पढिरहु लाग्ने छन् भन्नु भयाे । त्यस्तै नच्यातिएकाे आकाश कवितासंग्रह समकालिन नेपाली समयकाे गतिलाे चित्रण हाे यसमा ८२ वटा कविता संग्रहित छन। कवि चाैघरेकाे हरेक कवितामा शब्द संयाेजन भाव पक्ष सरल छ कविता पढदै गर्दा गहिराे मानविय अनुभुतिमा पुग्न सकिन्छ ।
अतुलनिय प्रित गरें एकल शब्द संगीत र गायन रहेकाे गीति एल्वममा ५ वटा गीतहरू संग्रहित छन् १) अतुलनिय प्रित गरें २) बिन्ति गरें छाेडि नजाउ ३) पिरतीकाे माेल हुन्छ र ४) मुट दुखाइ नराेउ तिमी ५) म त खुसी हाेरेकाे मान्छे रहेका छन् । सबै गीत शिवाकाेटीले रचना गरेका लय संगीत भरेका र गाइएका हुन । गीत मर्मस्पर्शी छन् गीतकाे संगीत संयाेजन राम कार्कीले गरेका छन् । राष्ट्रिय गीत बहुल जातिकाे मातृभूमी याे लाई उत्कृष्ट अभिनय र समाबेशी बिषय बस्तुले धेरै माथिकाे उचाइमा पुर्याएकाे छ । सबै नेपालीले अपनत्व महशुस गर्ने गीत वास्तब मै राष्ट्रियभावले ओकप्राेत छ । सात प्रदेश शब्दले वर्तमान नेपालकाे गणतन्त्र र संघियता समाबेशीपनलाई राम्ररी समेटेकाे पाइन्छ । नेपाली साहित्य संगीत र कला क्षेत्रका आशालाग्दा उदियमान नक्षेत्र चाैघरे हुन् ।  भुवन शिवाकाेटी द्वारा लिपीबद्द संगीतबद्द आधुनिक गीत र राष्ट्रिय गितले सभा हलकाे राैनकता बढाएकाे थियाे , राष्ट्रिय गीतकाे म्युजिक भिडियाे कलाकार तथा अतिथीहरूलाई मायाकाे चिनाे प्रदान गर्दै प्रमुख अतिथी वैरागी काइँला ज्यूले नेपाली साहित्यकाे कविता र गीति बिधामा लाेकार्पित कृतिहरू हरदृश्टिले राम्रा र पठनिय रहेकाे मन्तब्य साथ सभाअध्यक्ष राम प्रसाद पन्तले सभा बिसर्जन गर्नु भएकाे थियाे ।

 
                 
                             
                             
                         
                        